काठमाडौँ । नेपाल प्रहरीले आज विजयादशमी (टीका) को दिन उपत्यकामा निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।
प्रहरी प्रहरी प्रधान कार्यालयले आज उपत्यकामा सार्वजनिक गाडीको अभावमा यात्रुहरुलाई पर्नसक्ने समस्यालाई मध्यनजर गरी निःशुल्क बस सेवा दिन लागेको जनाएको छ ।
कार्यालयले एक सूचना जारी गरी दुई रुटमा बस सेवा सञ्चालन हुने जानकारी दिएको छ । प्रहरीले विहान र बेलुका दुई सिफ्टमा दुई वटा गाडी सञ्चालन गर्ने छ । सेवा बिहान ८ः३० र अपराह्न ४ बजे गरी दुई सिफ्टमा दुई फरकफरक रुटमा दुई वटा गाडी सञ्चालन हुनेछ ।
जसअनुसार रुटनम्बर १ अन्तरगतको बस नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लखनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, शिक्षण अस्पताल महाराजगञ्ज, चक्रपथमा चल्ने छ ।
यस्तै रुट नम्बर २ को गाडी चावहिल, सुकेधारा, चक्रपथ, शिक्षण अस्पताल महाराजगञ्ज, बालुवाटार, नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकसम्म सञ्चालन हुने जनाइएको छ ।