काठमाडौँ । यतिखेर देश दशैंमय भएको छ । परिवारबाट टाढिएकाहरु परिवारसँगै दशै मनाउन घर फर्किरहेका छन् । सडक सवारी देशी आकाशमा उड्ने जहाजलाई यात्रु ओसार्दाको हैरान छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाकालदेखीकै सबैभन्दा बढी व्यस्त रहेको तथ्य बाहिरिएको छ । यसको सबैभन्दा ठूलो कारण दशैं नै हो भनेर बुझ्न कुनै समस्या छैन ।
मिठो खाने, राम्रो लगाउने, परिवारजन भेला हुने र सद्भाव बाढ्ने, अग्रजको अशिर्वाद ग्रहण गर्ने जस्ता क्रियाकलापहरुमा सिंगो नेपाली समाज रमाइरहदा मानवसेवा आश्रमले भने यस पटकको दशैं फरक तरिकाले मनाइरहेको छ ।
आश्रमका सबै अभियान्ताहरु र कर्मचारीहरुले यस पटकको दशैंमा बिदा नलिइ सेवामा तल्लिन छन् । उसो त टिकाकै दिन घरमा टिका लागाएको अनुभव नै कम छ मानवसेवा आश्रमका अभियान्ताहरुसँग । यसको कारणको हो आश्रमको संरक्षणमा रहेका आश्रितहरुको दशैं । हरेक दिनको नुवाईधुवाई, सरसफाइ र भोजनसेवा रोक्न मिल्दैन । अझ पर्व भएकोले आश्रितहरुलाई पनि नरमाइलो लाग्न दिन भएन ।
यो त आश्रमको संरक्षणमा भएका आश्रितहरुको कुरा भयो । आश्रमका अभियान्ताहरुलाई उद्धार गर्न सम्भवन नभएका, नसकिएका वा भनौं खुला आकाशमुनी नै कष्टपूर्ण जीवन विताइरहेका मानवहरुको र्दुदशाले अझ बढी नै सताउने गर्छ ।
त्यसैले यसपटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा भन्ने नारा सहित चाडपर्वकै वीचमा आश्रमले मेचि महाकाली राष्ट्रिय उद्धार यात्रा सुभारम्भ ग¥यो ।
२६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रम अयोजना गरी यात्रीहरुलाई बिदाइ गर्नुभयो । यात्रीहरुले नेपालको पूर्वीनाका मेचिपुलमा पुगेर दीप प्रज्वलन गरि असोज २७ गते मेचिपुलमा दीप प्रज्वलन गरि उद्धार कार्यको सुभारम्भ गरे ।
कोशी प्रदेशमा ४ दिन विताएर मधेस प्रदेश केन्द्रीत भएका उद्धार टोलीले हालसम्म ८३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिसकेको छ । उद्धार गरिएकाहरुमध्ये अधिकांश मनोरोगी छन् ।
हरेक वर्ष अरुले नयाँ नयाँ पहिरन पहिरिएर सडकपेटीमा यताउती हिडीरहेकाहरुलाई नियाँल्दै मन अमिल्याएर सडकजीवन विताइरहेका उनीहरुले यसपटकको दशैंमा भने धितमर्ने गरी नुहाएर काति परेको महिलो फाले, दुर्गन्धपूर्ण कपडा मिल्काएर नयाँ बस्त्र पहिरिए । खुला आकाशलाई छानो र धर्तीलाई बिच्यौँना बनाउँदै आएका उनीहरुले मानवसेवा आश्रमको स्नेही ओत पाएका छन् ।
आज उद्धार सुभारम्भ भएको नौ दिन पुरा भएको छ । ३८ दिन सम्म चल्ने यो यात्राभर ३०० बढीको उद्धार हुने मानवसेवा आश्रमको अनुमान रहेको छ ।
कलिलो उमेरमै कैदी बनेकी चन्द्रकलाको उद्धार
कोल्वी–८, नयाँबस्ती, बाराकी चन्द्रकला तिमिल्सिनाकोे घर कुनै गाईगोठ भन्दा कम छैन । उमेरले १५ टेक्दैगरेकी उनलाई जन्मदै बौद्धिक अपाङ्ता थियो । ६० को नजिक पुग्नुभएको बुबा मुक्तिनारायण व्यवहारको दलदलमा यसरी फसेका छन् कि लाग्छ परिस्थिति अब उनको निन्यत्रण बाहिर छ ।
चन्द्रकलाकी आमा मुक्तिनारायणकी चौथो श्रीमती हुन् । उनी अघिका तीन श्रीमतीले छाडेपछि चन्द्रकलाको आमासँग उनको विवाह भयो । साथमा माइली श्रीमतीबाट जन्मेको आकाश छन् । पैसा कमाउन भारत लागेका उनी फर्कदा मनोरोगी भएर फर्किएका थिए ।
उनी दिनभर घर बस्दैनन् । दिनभर गाउँ डुलिरहन्छन् र भोक लागेपछि घर आउछन् । घर बाहिर फल्यैंचामा नै उनको विस्तारा छ । चरालाइँ आहारा राखिदिए झै गरी उनलाई डोरीमा थाल झुण्डाएर खाना राख्ने गरेको रहेछ । आकाश कुनबेला आएर खान्छन् र जान्छन् कसैलाई थाहा हुँदैन ।
चन्द्रकला आफूलाई दिशापिसाव लागेको समेत थाहा पाउँदिनन् । उनको स्याहारसुसार र घरधन्दा मनोरोगी आमाको जिम्मेवारीमा छ । साथमा एक गाई, केही बाख्रा र कुखुरा पालेका छन्, ६० वर्षीय मुक्तिनारायण सकी नसकी घाँस काट्न जान्छन्, दाउँरा खोज्छन्, गाइबस्तुको कुडोपानी गर्छन् ।
मानवसेवा आश्रमका उद्धार टोली चन्द्रकलाको घर पुग्दा सबै गाउँले जम्मा भएर उनको उद्धार गर्न अनुनय विनय गर्न थाले । उनको उद्धारले परिवारमा थप सहजता मिल्ने र चन्द्रकलाको आगामी जीवन थप सहर बनाउन सकिने निचोड सहित यात्रीले चन्द्रकलाको उद्धार गरे । उनी सहित आज उद्धार गरिएकाहरुलाई मानवसेवा आश्रम वीरगंज शाखामा राखिएको छ ।
यात्रीलाई आनी छोइङ डोल्मा फाउण्डेशसनको साथ
यात्राको संपूर्ण खर्च आनी छ्योइङ डोल्मा फाउण्डेसनले बेहोरीरहेको छ । फाण्डेशनकि अध्यक्ष एवं गायिका आनी छ्योइङ डोल्मा यात्रामै हुनहुनुन्छ ।
संसारलाई महंगोमा गीत सुनाएर आफूले प्राप्त गरे अधिकांश पारिश्रमिक समाजसेवामा लगाउँदै आइरहनुभएकी आनी छोइङ डोल्मा यतिखेर सहयोगापेक्षीहरुको उद्धार, नुवाइधुवाई र सरसफाइमा रमाइरहनुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘दिनदुखी र असहायको सेवा गर्दा मनमा शान्ति मिल्छ, पुण्य संग्रह बढ्छ । मानवसेवा आश्रमले गरिरहेको सत्कर्मको पुण्य मलाइपनि मिलोस् भनेर अभियानलाई साथ दिएकी हुँ’, दिनदुखी र असहायको सेवा गर्दा मनमा शान्ति मिल्छ, पुण्य संग्रह बढ्छ । मानवसेवा आश्रमले गरिरहेको सत्कर्मको पुण्य मलाइ पनि मिलोस् भनेर अभियानलाई साथ दिएकी हुँ ।