गौरीराज जोश,
गैरआवासीय नेपाली संघ (एनआरएनए)को अभियानलाई थप परिस्कृत गर्न मैले यसपटक महासचिव पदमै उम्मेदवारी दिँदैछु। महाधिवेशन मुखमै आएकाले अहिले सचिवालयका काममा केही व्यस्तता बढेको छ।
सचिवालयकै कामको व्यस्तताका कारण एनसीसीहरुमा तपाईंहरुलाई प्रत्यक्ष भेट्न आउन नसकेको बाध्यता पनि जानकारी गराउन चाहान्छु। लामो समयदेखि यही अभियानमा क्रियासिल रहेकाले एनसीसीहरुका हरेक समस्या तथा मुद्दाहरु नजिकबाट बुझेको छु।
मेरो उम्मेदवारीलाई लिएर संसारभरबाट सकारात्मक प्रतिक्रिया र शुभेच्छा प्रकट गर्नुहुने सबैमा हृदयदेखि नै आभार प्रकट गर्न चाहान्छु। मलाई विभिन्न माध्यमबाट सन्देश आइरहेका छन्। सकभर मैले तपाईंहरु सबैको कल, म्यासेजको रेस्पोन्स गर्ने प्रयत्न गरिरहेको छु। व्यस्तता बढेकाले रेन्सपोन्स गर्न केही ढिलाइ पनि भएको हुनसक्छ। र, केही छुटपुट पनि भएको हुनसक्छ। मलाई विश्वास छ, हजुरहरुले मेरो बाध्यता बुझिदिनुहुनेछ।
काठमाडौं आइसक्नु भएका साथीहरुले मलाई 9813138577 नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै, देशबाहिर रहेका साथीहरुले मलाई फेसबुक म्यासेन्जर, ह्वाटसब, भाइबरबाट सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।
आशा छ, निर्वाचित महासचिव भएर काम गर्ने मेरो इच्छालाई तपाईंहरु सबैले सहयोग गरेर पुरा गरिदिनुहुनेछ। मेरो अभिभारा नेपाल र नेपालीका लागि हो समग्र एनआरएन समुदायका लागि हो।
यस्तो छ जोशीको प्रतिबद्धता
संघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव गौरीराज जोशीले पुनः महासचिव पदमा उम्मेदवारी दिने तयारीमा छन् ।
संघको ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट २०२३/२०२५ कार्यकालका लागि जोशीले पारदर्शीता र संस्थागत विकासको लागि आफूले पुनः महासचिव पदमा उम्मेदवारी दिने निणर्य गरेका बताएका छन्।
“गैर आवासीय नेपालीहरुको लगानीलाई सुनीश्चित गर्नका लागि १० प्रतिशतमा लगानी गर्न दिने कुरा छ । त्यसलाई पारदर्शी र लगानीमा प्रतिफल हुने खालका परियोजनामा फोकस गर्ने कुरामा ध्यान दिन जरुरी छ”, उनले भने ।
जोशीले विगतमा गैर आवासीय नेपाली संघमा रहेर आफूले गरेको कामलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन लागिपर्ने बताउदै विशेष गरि स्मार्ट एनआरएन अवधारणा ल्याएर धेरै काम गरेको जिकीर गरे ।
जोशीले १० औं महाधिवेशनमा देखिएका डेलिगेट्स सिस्टमका समस्यालाई पनि विस्तारै समाधान गर्दै आएको बताउँदै आफूले एनआरएन अभियानको क्रममा थुप्रै च्यारिटीको काम गरेको स्पष्ट पारे । उनले थपे, ‘मोबाइल ब्लड बैंक बस परियोजनाको शूरुवातदेखि सातै वटा प्रदेशमा पुर्याउने योजना अनुसार काम भइरहेको छ’, संघले अगाडि सारेका १० अर्ब लगानी कोषमा पनि भूमीका निर्वाह गर्दै आएको छु ।’
१०औं अन्तर्राष्ट्रिय महाधिवेशनमा देखिएका चुनौती क्रमिक रुपमा सुधार गर्दै आए पनि डेलिगेट्स सिस्टम नयाँ चुनौतीको रुपमा आएको बताउँदै भने ‘डेलिगेट्स सिस्टमलाई सदाको लागि समाधान गर्नुपर्ने देखिन्छ’, उनले थपे, ‘एनसिसीबाट आएको सल्लाह सुझाव र अभियन्ताबाट आएको सल्लाह अनुसार डेलिगेट्स सिस्टमलाई पुर्नसंरचना गर्नुपर्ने आश्यकता छ ।’ चुनावी अवधिको ६० दिन बाहेक सदस्य सधै खोल्ने व्यवस्था गर्नुपर्ने जोशीको भनाइ छ ।
संस्थालाई विवादबाट मुक्त बनाउनु अहिलेको आवश्यकता रहेको बताउदै जोशीले भने, ‘गैर आवासीय नेपालीहरुको लगानीलाई सुनीश्चित गर्नका लागि १० प्रतिशतमा लगानी गर्न दिने कुरा छ । त्यसलाई पारदर्शी र लगानीमा प्रतिफल हुने खालका परियोजनामा फोकस गर्ने कुरामा ध्यान दिन जरुरी छ’ ।
जोशीले श्रमिकहरुको सुरक्षाको सवालमा पनि धेरै काम गर्नुपर्ने चुनौती रहेको बताउदै निर्वाचनमा विजयी भएमा यी र यस्तै कुरामा भूमिका खेल्न र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई देशको समृद्धिमा लगाउन सहयोगी बन्ने दाबी गरे । (हालका महासिचव जोशी पुन: महासिचवमा उम्मेदवारी दिन लागेका हुन्)