चितवन १० असोज । चितवनको अति सुन्दर पर्यटकीय नगरी पश्चिम चितवनको गोलाघाटको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तेलबहादुर कुमार ‘विशाल’को नेतृत्वमा गठित समितिको नाम ‘चितवन गोलाघाट पर्यटन विकास समिति’ तय गरिएको छ ।
सफल निर्यात व्यवसायी, समाजसेवी तथा पर्यटन क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनुभएका तेलबहादुर कुमाल (विशाल कुमाल)को नेतृत्वमा दुई दिन अघि उक्त समिति गठन भएको हो । नाम भने हिजो मंगलबार फाइनल गरिएको नवनिर्वाचित अध्यक्ष कुमालले बताउनुभयो ।
विगतमा मेघौली पर्यटक विकास समिति मात्रै रहेकाले गोलाघाटको पर्यटक विकासमा खास काम हुन नसकेकाले गोलाघाट र यस आसपासका क्षेत्रलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त समिति गठन गरिएको हो ।
प्राकृतिक दृष्टीकोणले चितवनको भरतपुर महानगरपालिकाअन्तर्गत पर्ने गोलाघाट आन्तरिक तथा बाह्य पर्यटनका लागि एक हट केकको रूपमा भए पनि गोलाघाटलाई विविध पक्षहरुबाट उपेक्षा हुँदै आएको थियो ।
गोलाघाट एक अर्गानिक पर्यटन क्षेत्र हो । राप्ती र नारायणीको संगमस्थल गोलाघाटबाट सुर्यास्तका मनोरम दृष्य हेर्न पाइनछ भने बाघ, गैडा, हात्तीलगायत जनावरको विचरण तथा अन्य वन्यजन्तु र चराचुरुंगी अवलोकनका लागि महत्वपूर्ण क्षेत्र हो ।
त्यसैले ओझेलमा पारिएको परिवेशमा पर्यटन विकासमा अग्रगामी छलाङको संकल्पसहित कुमालको नेतृत्वमा चितवन गोलााट पर्यटन विकास समिति निर्माण गरिएको हो।
उहाँको नेतृत्वमा गठित समितिको उपाध्माक्षमा चुडामणि ढकाल, सचिवमा सन्देश चापागाईं, सहसचिवमा सोम महतो र कोषाध्यक्षमा नेत्रप्रसाद आचार्य रहनुभएको छ ।
यस्तै सदस्यहरुमा केशवराज गौतम, वीरबहादुर कुमाल, भीमबहादुर कुमाल, सुकियाकुमारी महतो र मीना कुमाल रहनुभएको छ । आवश्यकता अनुसार सदस्यहरु थप गरिने जनाइएको छ। अध्यक्ष तथा मेघौली उपभोक्ता समितिले तोकेको व्यक्ति पदेन सदस्य रहने जनाइएको छ ।
बैठकले हरिचन्द्र महतो, जयमंगल कुमार, आशबहादुर कुमाल, लोकनाथ सापकोटा, डण्डपाणि ढकाल, श्यामप्रसाद अधिकारी, बालसिंह पोखरेललाई सल्लाहकार समिति चयन गरेको छ ।
लेखा समितिमा रतनकुमार वागदासलाई संयोजक तोकिएको छ । सदस्यहरुमा रामसिंह कुमाल, सहारा कुमाल, उर्मिला गौतम र केशव लम्साल रहनुभएको छ ।
पर्यटन प्रवद्र्धन उपसमितिमा सिजी होटल, बाराही होटल र स्पार्वल नेचर गाईड सर्भिस गोलाघाटका प्रतिनिधिहरु रहने गरी तोकिएको छ । अध्यक्ष कुमालको नेतृत्वमा विभिन्न पदहरु भने केही दिनभित्रमा टुंग्याइने भएको छ ।