ब्राजिल । संयुक्त राज्य अमेरिकालाई उछिन्दै ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने निश्चित भएको ब्राजिलका एक कपास उद्योगी बताएका छन् ।
अमेरिकी उत्पादन गर्ने मुख्य क्षेत्र टेक्सास खडेरी र गर्मीको चपेटामा परेको र ब्राजिलले कपास उत्पादनमा अमेरिकालाई पछ्याईरहेकोले ब्राजिल छिट्टै कपास उत्पादन र निर्यातका लागि पहिलो स्थानमा आउन लागेको उहाँले बताउनुभयो ।
ब्राजिलियाली कपास उत्पादक सङ्घका उपाध्यक्ष गुस्ताभो भिगानोले भन्नुभयो, “यदि अमेरिकी कपास बाली अहिलेकै अवस्थामा बिग्रँदै गयो भने ब्राजिलले अमेरिकालाई सजिलै उछिन्न सक्छ ।
उहाँले भन्नुभयो, “आधारभूत तथ्याङ्कमा दुई देश पहिलेदेखि नै समान छन् । यो मौसममा ब्राजिल विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बन्ने अनुमान गर्न सकिन्छ ।”
संयुक्त राज्य अमेरिका र ब्राजिल विश्वको सबैभन्दा ठूला दुई कपास निर्यातकर्ता हुन् । यी मुलुकको कपास आपूर्तिले विश्वव्यापी मागको आधाभन्दा बढी मागलाई सम्बोधन गर्छ ।
अमेरिकाले सन् २०२३/२४ को सिजनमा एक करोड २५ लाख भारी निर्यात गर्ने अपेक्षा गरिएको छ । यद्यपि, टेक्सासमा खडेरीका कारण यो आँकडा कम हुन सक्छ । फलस्वरूप, ब्राजिल, यस मौसममा ११।२५ मिलियन भारी कपास निर्यात पूर्वानुमानको साथ, विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बन्न सक्छ ।